२१ जेठ २०८३, बिहीबार

भीसीटीएस प्रणालीमा विवरण नराख्ने १९ कम्पनीलाई राजश्व विभागको कारबाही, २४ लाख २५ हजार रुपैयाँ जरिवाना [सूचीसहित]

भीसीटीएस प्रणालीमा विवरण नराख्ने १९ कम्पनीलाई राजश्व विभागको कारबाही, २४ लाख २५ हजार रुपैयाँ जरिवाना [सूचीसहित]

 भेहिकल एन्ड कन्सिग्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) प्रणालीमा विवरण नराखि मालवस्तु ढुवानी गर्ने १९ कम्पनीलाई राजश्व अनुसन्धान विभागले कारबाही गरेको छ । 

विभागले काठमाडौंको ढुुंगेअड्डा र ८ गते न्यूरोडमाा ८५ वटा कम्पनीमा अनुुगमन गरेको थियो । सो अनुुगमनमा भीसीटीएस प्रणालीमा विवरण नराख्ने १९ वटा कम्पनीलाई कारबाही गरिएको विभागले शुक्रवार जनाएको छ । 

उनीहरूलाई  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन–२०७६) को दफा १३ (ग) (४क) बमोजिम २४ लाख २५ हजार रूपैयाँ जरिवाना गरेको छ । 

विभागले कम्पनीहरूलाई २५ हजार, ५० हजारदेखि १० लाख रुपैयाँसम्मको जरिवाना गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्