०५ असार २०८३, शुक्रबार

अब कक्षा ११ र १२ मा गणित विषय अनिवार्य

माघ १७, २०७७
अब कक्षा ११ र १२ मा गणित विषय अनिवार्य
तस्वीर सौजन्य : राजधानी दैनिक

अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।

अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् । बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो ।

परिषद्को निर्णयअनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगीमध्ये एउटा विषय रोज्न पाउनेछन् । ११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयका रूपमा गणित वा सामाजिक तथा जीवन उपयोगीमध्ये एउटा अध्यापन गराउनुपर्नेछ । यसअघि तेस्रो अनिवार्य विषयका रूपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो ।

यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएपछि गणित अध्येताहरू आन्दोलनमा उत्रिएका थिए । नेपाल गणित समाजले सरकारको निर्णयलाई स्वागत गरेको छ ।  राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्