×

NMB BANK
NIC ASIA

रिभेन्ज [कथा]

माघ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • निरुपा प्रसून 

म बाहुनकी छोरी, यतिखेर सार्की युवकको पछि लागिरहेकी छु । मरिमेटेर । लागिपरेर । भावुक भएर । गम्भीर भएर । जिउ–ज्यान दिएर । 

Muktinath Bank

‘बिहे गर्छु के म तिमीसँग ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पलभरको आवेग तिम्रो ।’


Advertisment
Nabil box
Kumari

युवक मेरो कुरालाई गम्भीर रूपमै लिँदैन । मुस्कुराएर टाँरिदिन्छ ।
                                               
‘कस्तो स्मार्ट लाग्यो नि मलाई तिम्रो आमा । नत्र अरु बुढाबुढीहरू भए त भेट्ने बित्तिकै सोधिहाल्थे छोरी नै माग्न आएको जस्तो गरेर बुवाको के थर हो भनेर ।’ ऊ खुशी देखिन्थ्यो आफ्नो जात भन्न नपरेकोमा । 

Vianet communication
Laxmi Bank

‘धन्न आफ्नो ओरिजिनल हुनेवाला सासुआमाले सोधिनन् है । देख्यौ कस्तो स्मार्ट छ हाम्रो फेमिली,’ जिस्काइदिए मैले । 

‘सोध्नुभएको भए झूट बोल्थ्यौ तिमी ? तिमीहरूलाई आफ्नो थर भन्न किन यतिधेरै आपत्ति हुन्छ ?’ आँखा तरेरै प्रश्न गरें मैले ।

‘नेभर, म पूरा तयारीको साथ तयार थिएँ । जे हो त्यही भनिदिन्थे । तिम्लाई के थाहा छ दलित हुनुको पीडा । भोग्नेलाई पो थाहा हुन्छ ।’ ऊ किन हो डराएरै भनिरहेको थियो । एक किसिमको आक्रोश मिश्रित आवाजमा ।

आमाको पनि त्यही दिन मेरोभन्दा २ घण्टा अगाडि पोखराको लागि उडान थियो । डिले भएछ । म अफिसको कामले नेपालगञ्ज जाँदै थिएँ । पानी परेकाले निश्चित समयमा उडेको थिएन प्लेनहरू ।

एयरपोर्टमा सुवास र आमाको भेट भएको थियो । सुवास मलाई पुर्‍याउन आएको थियो एयरपोर्ट । त्यो दिन मैले सुवास र आमाको फोटोहरू पनि खिचेकी छु । 

हामी मिल्ने साथी हौं ।

आमा भन्नुहुन्छ सधैं, ‘म त अनुहार हेरेरै चिन्दिन्छु को मान्छे के जातको हो भनेर ।’

पछि सोधें मैले, ‘आमा ! एयरपोर्टमा भेट्या मेरो साथी कुन जातको हो ल भन्नुस् त ?’

‘ठकुरी जस्तो थियो ।’ हाँसो रोक्न सकिनँ मैले । यस्तो पनि अनुहार हेरेर जात चिन्ने रे ! हैट !

मेरो आमा अरु कुरामा मोडर्न भए पनि यो जातको मामिलामा असाध्यै पुरातनवादी हुनुहुन्छ । यस्तो आमाकी छोरी मैले भने दलित भनिएको जातसँग बिहे गर्ने निर्णय गरिसकें । मनोमानी ढंगले एक्लै । दिदीलाई भनिसकें । पत्याउनु भएको छैन ।

स्कूल पढ्दाको साथी प्रशान्त पन्त । ऊ स्कूलसम्म पढाइमा अब्बल थियो, पछि के भयो कुन्नी ब्याचलर भर्ना गरेर पनि नपढी दुबई पो गएको रैछ । फेसबूक च्याटमा कुरा भयो निकै पछि । 

‘मेरो बिहेमा आउ है ?’
 
‘वाउ ! कहिले ?’

‘यही मसिंरमा’

‘स्योर । कंग्रयाट्स् ! लभ हो कि एरेन्ज ?’

‘लभ’

‘वाउ ! खै फोटो हेरुम ?’ उसले फोटो सेण्ट गर्‍यो । मंगोलियन टाइपको थियो केटीको अनुहार ।

‘इन्टरकास्ट हो ?’ आफ्नो कुरा पनि उसलाई सुनाउँछु भनेर सोच्दै थिएँ । म इन्टरकास्ट बिहे गर्नेछु भनेर  सुनाउनै बाँकी थियो । 

‘हो नि । पानी नै नचल्ले पो हुँदैन, अरु त खासै फरक पर्दैन ।’ धिक्कार लाग्यो २१ औं शताब्दीको युवाको सोचाइ ।
 
त्यसपछि अरु कुरा गर्ने मूड पनि भएन मलाई त्योसँग । पानी नचल्ले जातसँगको मेरो बिहेको प्रसंग किन सुनाउ त्यसलाई ? सुनाइनँ ।
 
एउटा मलाई माया गर्ने दाइ हुनुहुन्छ । नातामा पर्ने दाइ होइन, गोत्र एउटै भएर दाइबहिनी बनेका हामी । म आफ्ना कुराहरू अक्सर सुनाउँछु । भाइबरमा कुरा हुन्छ हाम्रो । एकदिन सोधें मैले । 

‘दलितप्रति धारण के छ हजुरको ?’

‘उनीहरूलाई समान अधिकार दिनुपर्छ, शिक्षामा जोड दिनुपर्छ सरकारले ।’

‘उफ् अधिकारको कुरा गरेकी होइन क्या ! यो भेदभाव, तल्लो जात, छुवाछुत के–के जाति भन्छन् नि !’

‘त्यस्तो भेदभाव गर्नुहुन्न । रगत उस्तै । छाला उस्तै लिङ्ग उस्तै । केही फरक छैन हामी र उनीहरूबीच । तिमी पनि कमिनी जस्तै त छौ नि !’

‘मतलब ?’

‘राम्री छौ भन्या क्या ।’

‘मानिलिउँ मैले सार्कीसँग बिहे गरें भने हजुर के ठान्नुहुन्छ ?’ प्रसंग बदले मैले । 

‘तिम्रो माइती बनेर तिम्लाई घर–माइती गराउँछु ।’
‘साँच्चै ?’

‘डन भयो १००% ।’ दाइको कुराले म एकदमै फुरुङ्ग भएँ ।
 
माइती पनि पाइसकें । सपोर्ट गर्ने मान्छे पनि । सुवास मेरो प्रेमी होइन, नजिकको साथी हो । माया लागेर । ऊसँग बिछोड हुन नसकेर होइन, मैले बिहे गर्छु भनेर हिँडेकी । न त अरु कोही नभेटेर । म परिर्वतन चाहन्छु । लियो टोल्सटोयले भनेका छन् वार एण्ड पिसमा ‘हामी संसार बदल्न चाहन्छौ तर आफू बदलिन कहिले पनि चाहँदैनौ ।’

आजसम्मको मलाई मन पर्ने हरफ पनि यही हो । हो म समाज बदल्न चाहन्छु र शुरूआत आफैंबाट गर्नुपर्छ ।

... ...

मेरो कलेजमा पनि मिल्ने साथी दमिनी थिई । ३ वर्ष सँगै कलेज पढेकी साथीको असली थर मैले कलेज सकिएपछि मात्र थाहा पाएकी थिई । कहिले–कहिले ढुंगे युगको पालामा छुट्याइएको यो जातपातको वर्गलाई आधुनिक युगसम्म बोकेर हिँड्ने उनीहरू नै दोषी हुन् । नत्र आफ्नो जात पनि किन लुकाउन पर्‍या त ? किन गर्व साथ प्रस्तुत हुन नसकेका ? बाहुन–क्षेत्रीले सजिलै भन्न सक्ने थर किन उनीहरू लुकाइहिँड्छन् ? झन् यो त आफूप्रति नै अन्याय भयो नि !

स्वयमं आफैंले स्वीकार गर्न नसकेको कुरा अरुले कसरी कहिले स्वीकार्छन् त नि ? यी यस्तै धेरै कुराहरू आए मनमा र म थर लुकाउने साथीसँग बोलिनँ । उसले लामो मेसेज गरे पछि म पुनः बोल्न थालेकी थिएँ उसँग ।

जति आधुनिक भनिए पनि यो छुवाछुतको वर्गीय विभेद, उच्च जातका भनिएकाहरूले दलित उपनाम पाएकाहरूप्रति हेरिने दृष्टिकोण एकदमै दयनीय नै छ । 

ऊ भन्थी, आफ्नो जात भन्दाखेरीको पीडा बयान गरिसाध्य छैन रे ! रहरले होइन, सहिसाध्य नभएरै थर लुकाएर हिँडेकी हुँ भन्छे । सजिलोसँग बाँच्नको लागि रे ! हो हामी ४ दिन भान्छामा पस्न नपाउँदा के–के न आकाश खसेजस्तो गरिरहेका छौं भने झन् जन्मभर अछुत बनेर कसरी बाँच्नु होला ? सम्झँदै रिङटा लाग्छ ।

... ...

उसको आमा बितेको भोलिपल्ट अकस्मात जस्तै धेरै च्याट भयो हामीबीच । मृत्य, जीवन र जगतबारे उसलाई सम्झाएँ । आमाको काम सकिसकेपछि हामी भेट्यौं । म निशब्द भएँ । एक्कासी सम्मान त दोब्बर भयो उसप्रति । सुवासले मसँग बिहे गर्छु भन्यो । मैले स्वीकारे । म यही समयको पर्खाइमा नै त थिएँ ।

असाध्यै खुशी हुनुपर्ने हो तर त्यो साँझ घर फर्किएर अलिकति विचलित भएँ म । अन्तरद्वन्द्वमा फनफनी रहें । दुनियाँ एकातिर र म अर्कोतिर भएकी परिदृश्य पनि आए आँखा सामुन्नेजस्तो नै ।

‘सजिलो बाटो त जो पनि हिँड्न सक्छन् कोही नहिँडेको बाटो हिँड्नु पो हिँड्नु’ । बुवाले सानोमा सिकाउनु भएको कुरा सम्झे र पनि यो कुरामा मेरो बुवा बिल्कुलै सहमत हुनुहुन्न, एउटा मार्मिक असन्तुष्टिले भित्रभित्रै निस्सासिएकी थिएँ एकैछिन । 

ऊ विना त अब मेरो कुनै पनि काम पूरा हुँदैन । यता जाउ सुवास ! उता जाउ सुवास ! यो सुन सुवास ! त्यो सुन सुवास । डाइरेक्ट हजब्यान्डवाला फील आँउछ । उसलाई के फील आउँछ कुन्नि ! सुवास एक्लै बस्छ काठमाडौंमा । म बिदामा उसको कोठा जान्थे । उसको काम सघाइदिन । बाँकी उमेर बाँकी नै छ जस्तो लाग्थ्यो र म कुनै पनि काम सहयोग गर्ने थिइनँ । बस् उसले बनाएको चिया पिउथें र अरु बढी भाँडा जुठो बनाएर आउँथें । 

म सम्पूर्ण रूपमा उप्रति समर्पित थिएँ । मन, वचन र कर्म सबै–सबैमा सुवास मिसिएको थियो । सम्पूर्ण रूपमा उसकी हुन तयार थिएँ । मलाई कसैको डर लाग्थेन, न त कसैले मलाई ऊबाट अलग बनाउन सक्छ जस्तो लाग्थ्यो । निर्धक्क र निस्फिक्री थिएँ म ।
 
पिर पर्नुपर्ने हो मलाई । म त असाध्यै खुशी भएँ । हतार गरेर फोनमै सुनाए । उसले कन्फर्म गर्न डाक्टरलाई चेक अफ गराऊ भन्यो । तिमी पनि हिँड भने । अफिसको कामले नभ्याउने कुरा गर्‍यो ।  एकछिन त लाग्यो बिहे नभएको केटी कसरी जाने ‘पिग्नेन्सी टेस्ट’ गर्न ? उसैले सुझायो – डाक्टरलाई बिहे भइसकेको भन्नु भनेर । मेरीस्टोप जाऊ भनेर पनि सुवासले नै सिकाएको थियो । ७ हप्ता भइसकेको रहेछ । म मिठाइ लिएर उसको कोठामा गए । 

‘अबोर्सन गर्नुपर्छ ।’ उसको कुरा ठट्टा जस्तो लागे पनि मुटु चस्स बिझ्यो । संसारको उत्कृष्ट सुख आमा बन्दै थिएँ । ऊ भने ? 

‘तिमी ठूला जात भनिएकाहरूले कति पीडा दिएका छौ, त्यो हिसाब बराबर गर्नु छ मलाई । हेर हामी पनि केही हौं थाहा पायौं होला । हाम्रो पनि केही अस्तित्व छ देखाउनु छ तिमीहरूको जातलाई । म तिमीसँग बिहे गर्न सक्दिनँ । सरी !’

‘तर यो कुनै बदला लिने तरिका होइन सुवास ! अरुले गरेको गल्तीको सजायँ मलाई किन ?’

धेरै कुरा भन्न मन थियो तर केही पनि भनिनँ । मेरो पाठेघरमा उसको निर्णय ? यो हुनै सक्दैन । मैले समाजलाई केही सिकाउन चाहें । उसले बदला लिन चाह्यो समाजसँग ।

समूहले गरेको तिरस्कारको बदला व्यक्तिसँग लिनु कति न्याय संगत थियो कुन्नी ! उसको कोठाबाट निस्किएँ । मैले घर छाड्दा हुरी–पानी केही पनि आएन । असार महिना टन्टलापुर घाम लागिरहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x