
उत्ततर प्रदेशको कौशाम्बी जिल्ला कारागारमा रहेका कैदीले गाईका लागि कोट बनाइरहेका छन् ।
सुन्दा अचम्म लागे पनि गाईलाई चिसोबाट बचाउन उनीहरुले पुराना कपडा कम्बलको प्रयाेगबाट कोट बनाइरहेका छन् ।
कौशाम्बी जिल्लाका जेलर बीएस मुकुन्दले भने, ‘१० कैदीको एक समूहले गाईका लागि कोट बनाउँदैछन् । मञ्झनपुरको एक गौशालामा ५० ऊनी कभर भएको कोट आपूर्ति गरिनेछ । हामीले कैयौं कारागारबाट पुराना कम्बल एकत्रित गरेका छौं । तीनलाई कपडाको मोटो च्यादरका साथ सिलाएर गाईका लागि काट बनाइरहेका छौं ।’
उनका अनुसार चिसोका कारण कैदीका लागि दिइने कम्बल तीन वर्षसम्म चलिरहन्छ । त्यसपछि फाटेका कम्बल गाईलाई चिसोबाट बचाउन कोट बनाउने गरिन्छ ।
एक महिनादेखि करिब एक हजार गाईका लागि कोट तयार पारेको बताइएको छ । यसै साता अरु चारसय कोट बनाउन लागिपरेका छन् । आवरण बनेपछि गौशालामा वितरण गरिनेछ ।