१५ असार २०८३, सोमबार

धनगढीमा प्रचण्ड-नेपालको सभा, शीर्ष नेताले सम्बोधन गर्दै

धनगढीमा प्रचण्ड-नेपालको सभा, शीर्ष नेताले सम्बोधन गर्दै

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिवार कैलालीको धनगढीमा विरोध सभाको आयोजना गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शनिवार कैलालीमा सभा आयोजना गरेको हो ।

सभालाई प्रचण्ड, नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

सभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल हिजो नै कैलाली पुगेका थिए । विरोध सभाअघि विभिन्न स्थानबाट जुलुस निकालिएको थियो ।

प्रचण्ड-नेपाल समूहले बिहीवार बुटवल र शुक्रवार विराटनगरमा सभा आयोजना गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्