×

NMB BANK
NIC ASIA

पर्दा पछाडिका गौरव पहारी : ‘ड्रग्स’ कुलतको अन्धकारबाट उठेर ‘स्टार’

माघ १७, २०७७

NTC
Premier Steels

बाटोमा देख्दा सबैले चिन्छ । आफ्नै गाडीमा हिँड्दा सडकबाट सहजै चिनिन्छन् उनी । चलचित्र प्रदर्शन हुँदा दर्शकको भीड लाग्छ । लोभलाग्दो ‘फ्यान फलोइङ’ छ । गज्जबको छ कलाकारिता यात्रा ।

Muktinath Bank

यो अहिलेको कुरा हो । चलचित्र उद्योगका चर्चित अभिनेता गौरवका पछाडिको स्टोरी भने रोचक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारभरका कलाकारका लागि सपनाको शहर हो मुम्बई । संसारभरका दर्शकले फलो गर्ने बलिउडबाट कसैले नाम चम्काउन सफल भयो भने उसलाई कहिल्यै फर्किएर हेर्नु पर्दैन । नाम, दाम र लोभलाग्दो स्टारडमले गौरव पहाडीको मन पनि मुम्बईले तान्यो तर उनलाई जन्मघर काठमाडौंदेखि मुम्बई पुग्न र अहिलेको सुपरस्टारसम्मका लागि लागेको समय भने निकै लामो छ ।


Advertisment
Nabil box
Kumari

‘आहा बलिउड !’ गौरव विगत सम्झन्छन्, ‘बलिउडको नशाले जसरी पनि मुम्बई पुग्नुपर्छ भन्ने लाग्यो तर घरबाट सहजै स्वीकृति थिएन ।’

Vianet communication

... ...

जन्मथलो काठमाडौं । तर गौरवको बाल्यकाल मावलीघर नेपालगञ्जमा बित्यो । मामाघर नेपालगञ्ज, काठमाडौं, पुरानो घर नवलपरासी, बुटवल लगायतका स्थानमा बस्दै हुर्किएका उनले पूर्व प्राथमिक तहसम्मको पढाइ नेपालगञ्जमा पढे । ३ कक्षा पढ्न काठमाडौं आए ।

त्यसबेला गौरवका बुवा टिका पहारी असाध्यै व्यस्त कलाकार थिए । गौरवसँगै अरु २ भाइ पनि भएकाले बाँकी अध्ययन घरबाटै गराउन सम्भव भएन ।

बुवा व्यस्त कलाकार, एक्लै आमाले हेर्न नभ्याउने भएपछि गौरवले सानै उमेरबाट होस्टेलमा बसेर पढाइ शुरू गरे । गौरवले होस्टेलमा नै बसेर विद्यालय तहको पढाइ पूरा गरे ।

... ...

एसएलसीपछि गौरवले ‘ए लेभल’ पढ्न थाले । पढाइ राम्रै थियो । खान–लाउन समस्या हुने सामान्य परिवारका थिएनन् उनी, कस्तो स्कूल पढ्ने रोजी–रोजी छान्न पाउँथे ।

कहिलेकाहीँ समय, कहिलेकाहीँ व्यक्तिगत दोषका कारण परिस्थिति अर्कै भइदिन्छ व्यक्तिका लागि । ‘ए लेभल’ पढ्दाको एउटा घटना गौरवका लागि जीवनभर नबिर्सने कथा बनेको छ, जुन कहिल्यै मेटिनेवाला छैन ।

उनी आफैं मन्जुर भएको ‘ए लेभल’मा पढ्दा नराम्रोसँग ‘ड्रग्स’को कुलतमा फसे । कसरी ? ‘मलाई सम्झन मन लाग्दैन तर त्यसको दोष म आफैंलााई दिनुपर्छ,’ उनी भन्छन्, ‘टेस्ट गरौं न भन्दाभन्दै ड्रग्स एडिक्ट भएँ । यो कुलतबाट उम्कन ४ वर्ष लाग्यो ।’

‘साथीभाइले खान्थे तर मैले आफैं कस्तो हुने रैछ भन्दै टेस्ट गर्न खोजेको हुँ,’ उनले सम्झिए, ‘आज खाएँ, भोलि खाएँ । पर्सी खाएँ । त्यसपछि बानी पर्‍यो । बानी कुलतमा परिणत भयो ।’

जब गौरव ड्रग्स विना दिन कटाउन गाह्रो हुने स्थितिमा पुगे, त्यसपछि उनले ‘ए लेभल’को अध्ययन पूरा गर्न सकेनन् ।

गौरव कुलतमा फसेको खबर एकाएक परिवार, समाज र मामाघरसम्म पुग्यो । सबैले मन दुखाए । तर गौरवले कसैलाई मतलब दिएनन् । ४ वर्ष उनी गुमनाम तरिकाले ड्रग्ससँग रमाउन थाले । ड्रग्सबाहेक उनलाई परिवार, आफन्तको खासै महत्त्व हुन छाड्यो ।

‘तपाईं–हामीलाई अहिले बिहान–साँझ खाना अनिवार्य चाहिन्छ हैन ?’ उनले भने, ‘त्यस्तै त्यो बेला मलाई बिहानै ड्रग्स अनिवार्य तान्नुपर्थ्यो । त्यो ४ वर्ष मेरो जीवनको अन्धकार समय थियो ।’

अनेकल उपायपछि गौरव ड्रग्स संसारबाट बाहिर आए । अहिले उनलाई त्यो याद सम्झन पनि मन लाग्दैन । ‘मैले गरेको त्यो गल्तीले मेरो बुवाआमा, भाइहरूलाई असाध्यै रुवायो,’ उनी भन्छन्, ‘त्यसको क्षतिपूर्ति कहिल्यै तिर्न सक्दिनँ तर अबका दिनमा मेरो कारण मसँग नजिक रहेका कसैले आँसु झार्न नपरोस् ।’

... ...

एक दिन गौरवलाई बुवा टिका पहारीले भारतको केरला पुर्‍याए । ‘हिँड् केटा’ भनेपछि गौरव चिरिच्याट परें तर कहाँ जाने पत्तै पाएनन् । इन्डिया घुम्न जाने भन्ने उनले आमाबाट सुने ।

केरला पुगेपछि उनलाई बुवाले भने, ‘अब तँ यहीँ पढ्ने हो ।’ ए लेभलको अध्ययन रोकिएकाले गौरवको पढाइ अब केरलाबाट शुरू हुनेवाला थियो । केरला पुगेपछि उनका बुवाले भने, ‘अब प्लस टु यहाँ पढ्ने । एड्मिसन गरिदिएँ । फी पनि बुझाइदिएँ ।’ बुवाको कुरा सुनेर उनी अलमल परे ।

केरलाको एक होस्टेलमा बसेर उनले पुनः प्लस टुको अध्ययन शुरू गरे । त्यसबेला गौरव पहिलेजस्तो स्वभावका थिएनन् । बुवाआमाले भनेको मान्ने भएका थिए । उनले केरलाबाट खुरुखुरु ‘प्लस टु’ पूरा गरे ।

त्यसपछि उनी स्नातक अध्ययनका लागि पुणे पुगे । पुणेबाट स्नातकसम्मको पढाइ पूरा गरे उनले । स्नातकसम्मको अध्ययन सकिएपछि उनले एक दिन बुवालाई भने, ‘तपाईंले भने जसरी स्नातकसम्मको पढाइ सकें । अब मलाई एक्टिङ पढ्न मन छ ।’

उनका बुवा अर्कै दिन पुणे हिँडे । २ दिनपछि पुणेबाट गौरवलाई लिएर मुम्बई पुगे । टिका पहारीले साथीभाइको सरसल्लाहमा ‘किशोर नमित कपुर एक्टिङ ल्याब’मा अभिनय कोर्सका लागि उनलाई भर्ना गरिदिए ।

ल्याब के कारण पनि महत्त्वपूर्ण थियो भने बलिउडका सुपरस्टार ऋतिक रोशन, रणवीर सिंहजस्ता कलाकारले त्यहीबाट कलाकारिता सिकेका थिए । यो कुरा थाहा पाएपछि गौरव मक्ख परे ।

निकै उत्साह र उमंगबीच ३ महिना अभिनय कोर्स पढे उनले । ‘ल्याबमा अरु केही बाँकी अध्ययन पनि गरें,’ उनी भन्छन्, ‘कोर्स सकिएपछि जान्न मन लागेका विषयमा थप पढ्न पाइन्थ्यो । त्यसका लागि पैसा तिर्नु पर्दैन्थ्यो ।’

अध्ययन सकिएपछि उनी कामको खोजीका लागि मुम्बईका विभिन्न शहरमा हराए । निर्माता–निर्देशक, फिल्म निर्माण कम्पनी धाउन थाले उनी । विभिन्न ४ वटा शहरमा बसाई सरेर उनले बलिउड छिर्ने ढोका खोजे तर ४ वर्षमा पनि उनले बलिउड छिर्ने सजिलो ढोका भेट्टाउन सकेनन् ।

काम खोज्ने लामो अवधिमा उनले धेरै ठाउँमा ‘अडिसन’ दिए तर नेपाली भनेपछि ‘बाद मे कल आएगा’ भन्दै पठाइदिन्थे । उनी लुरुलुरु अटो चढेर आफ्नो बाटो लाग्थे ।

‘फोन गर्छु भनेकाले फोन गर्दैन्थे । भेट्न बोलाएकाहरूले भेट्ने समय दिन्नथे । तर पकेट मनीका लागि मैले केही सिरियल, सर्ट मुभी र विज्ञापनमा काम गरें,’ उनले भने, ‘नेपालमा आउने विज्ञापनका लागि डबिङ गरें । एक भोजपुरी चलचित्रमा पनि काम गरें ।’

... ...

उनी मुम्बईमा ४ वर्ष संघर्ष गर्दा पनि हातमा लाग्यो शून्य । पकेट मनीले मात्रै कसरी पुग्थ्यो ? खान लाउन घरैबाट पैसा मगाउनु परेपछि उनी मुम्बईबाट हारिसकेका थिए ।

गौरवले मुम्बईमा नै केही गरोस् भन्ने चाहन्थे उनका बुवा । गौरवको सपना पनि त्यस्तै थियो । तर समय र परिस्थिति उनको पोल्टामा परेन । त्यसैबेला एकदिन नेपालबाट निर्देशक गणेशदेव पाण्डेले फोन गरे ।

गणेशदेवसँग उनको पहिलादेखिको सम्बन्ध थियो । मुम्बईमा रहेका बेला चिनजान भएकाले पनि उनीहरू नजिक थिए । फोनमा गणेशदेवले गौरवलाई भने, ‘एउटा चलचित्र गर्दैछु । त्यसमा तिमीले काम गर्नुपर्छ ।’

गणेशदेवले चलचित्र ‘मन्जरी’ बनाउन लागेको कुरा सुनाए । उनलाई निकै खुशी लाग्यो । त्यो कुरा बुबालाई भन्न उनी अक्मकाए ।

गौरवले भने, ‘मुम्बईमा यतिका धेरै खर्च भएको थियो । बुवाले गर्न नसकेको बलिउड यात्रा मबाट अघि बढेको देख्न चाहेका थिए । म नेपाल आउँछु भन्दा स्वाभाविकै उहाँले मन दुखाउनुहुनेवाला थियो ।’

तर गौरवले नेपाल आउने कुरा बुवालाई भने । बुवाले पनि सहजै जवाफ दिए, ‘अब भविष्य कता लैजाने तेरो हातमा छ । त आफैं डिसिजन लिन सक्ने भएको छस् ।’ त्यसपछि गौरवले नेपाल फर्किने योजना बनाए ।

... ...

गौरवलाई लिन गणेशदेव पाण्डे सुनौलीसम्म पुगे । गौरव झन् मक्ख । केही दिन बुटवल बसेर दुवै सँगसँगै काठमाडौं आए । खाइलाग्दो ज्यान, हँसिलो केटा देखेपछि चलचित्रका ‘क्रियटिभ हेड’ साइफडेन कादर महमतले गौरवलाई ठाडे अस्वीकार गरे तर चलचित्रका निर्देशक पाण्डेले ‘गौरवलाई लिएर चलचित्र बनाउने हो, त्यसैअनुसार तयारी गर’ भनेपछि महमतले केही बोल्न सकेनन् ।

फोहोरी केटा, गरीब केटाको रोलमा हँसिलो र आकर्षक ज्यानको केटाले कसरी काम गर्न सक्छ ? गौरवमाथि प्रश्न तेर्सियो ।

त्यसपछि उनी घाममा हिँड्न थाले । खानपानमा ध्यान दिन थाले, शरीर घटाउन थाले । बुटवलका गल्ली–गल्ली पुगेर त्यहाँको रहनसहन सिक्न थाले उनी । पात्रसँग मेल खानका लागि गौरव बुटवलका ग्यारेजहरू घुम्न थाले । दिनभर बाइक मर्मत कसरी गरिन्छ भनेर हेर्न थाले ।

बिस्तारै चलचित्रको छायांकन शुरू भयो । उनले गरेको मेहनत देखेर धेरै अचम्मित भए । चलचित्र प्रदर्शन भयो, त्यो चलचित्रमा गौरवले गरेको अभिनय देखेपछि धेरैले प्रशंसा गरे ।

‘ड्रग्सबाट लामो समय बुवाआमा र आफन्तलाई दिएको पीडा, वर्षौंसम्म मुम्बईमा पुगेर गर्न नसकेको कामबाट आजित परिवारलाई चलचित्रबाट खुशी बनाउन सफल भएँ,’ उनी भन्छन्, ‘चलचित्र प्रदर्शनका बेला म घरमै बसें । कसले के भन्ला भइरहेको थियो तर बुवाले आफन्त सबैलाई चलचित्र देखाउन लैजानु भएछ । म चलचित्र सकिएपछि खुसुक्क बाहिर गएर सबैको प्रतिक्रिया सुन्न खोजे । एकाएक सबैले मेरो प्रशंसा गरेपछि मक्ख परें ।’

गौरवले चलचित्रको सफलतासँगै धमाधम नेपाली चलचित्रमा काम पाए । उनी ‘होस्टेल’मा अनुबन्धित भए । ‘होस्टेल’ चलचित्र पनि हिट भयो । त्यसपछि उनले चलचित्र उत्सव, अर्धकट्टी, रातो घर लगायतका चलचित्रमा काम गरे ।

गौरवले अभिनय गरेको एउटा गीत ‘साइँली’ सर्वाधिक लोकप्रिय गीत बन्यो । गीत हिटपछि चलचित्र ‘साइँली’ निर्माण गरियो । अहिले पनि सबैभन्दा धेरै कुनै प्रोजेक्टबाट उनी चिनिन्छन् भने ‘साइँली’ गीतबाट चिनिन्छन् ।

... ...

नेपाली चलचित्रका लागि अहिलेका सबैभन्दा व्यस्त अभिनेतामा पर्छन् गौरव । उनलाई प्रोजेक्टको कुनै कमी छैन । हालै उनले चलचित्र ‘हुतुतु’ र ‘घिन्ताङ’मा साइन गरेका छन् ।

अरु केही प्रोजेक्टबारे पनि उनले कुरा गरिरहेका छन् तर उनी नेपालका अविवाहित ह्यान्डसम अभिनेता हुन् । कुराकानीको अन्तिममा गौरवलाई प्रश्न – ‘बिहे कहिले गर्ने ?’

गौरवले एकछिन रोकिएर भने, ‘भित्री कुरा र मनका दुःख–सुख शेयर गर्ने मान्छे चाहिन्छ भन्ने फील भएको छ । आशा छ छिट्टै कसैको साथ मिल्नेवाला छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x