०९ साउन २०८३, शनिबार

चितवनमा गृहमन्त्रीको दाबी : संसद विघटन गर्ने सरकारको कदमलाई जनताले अनुमोदन गरे

चितवनमा गृहमन्त्रीको दाबी : संसद विघटन गर्ने सरकारको कदमलाई जनताले अनुमोदन गरे

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई जनताले अनुमोदन गरेको दाबी गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले शनिवार चितवनमा आयोजना गरेको कार्यक्रममा नेता थापाले संविधानको निर्माता र व्याख्याता जनता नै भएको दाबी गर्दै संसद विघटनलाई जनताले अनुमोदन गरेको बताएका हुन् । 

‘सरकारको संसद विघटनको कदम संवैधानिक वा असंवैधानिक भन्ने प्रश्नलाई आजको सभाले जवाफ दिएको छ, सही छ भन्ने जवाफ दिएको छ,’ गृहमन्त्री थापाले भने । 

‘विराटनगरमा अवसरवादीहरूले प्रतिनिधि सभाको बैठक राखेर प्रधानमन्त्रीलाई निष्कासन गर्ने भन्ने घोषणा गरेका छन्, उनीहरूले पार्टी अध्यक्षलाई कथित केन्द्रीय समितिको बैठक राखेको घोषणा गरेको सुनेका छौं । संसदीय दलको नेता र प्रधानमन्त्रीबाट हटाउने भन्ने घोषणा गरेका छन् । यो कुराले के स्पष्ट गर्छ भने उनीहरू यो देशमा अस्थिरता सिर्जना गरेर प्रतिगमनलाई पुनःस्थापना गर्न चाहन्छन्, उनीहरूको कुराले यो कुरालाई व्यक्त गर्छ,’ थापाले भने, ‘जनसभाले आज उनीहरू अस्थिरतामा लैजान चाहन्छन् भन्ने कुराको पनि जवाफ दिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्