२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र भएपछि संसद विघटनको साहसिक कदम चालियो : गृहमन्त्री

प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र भएपछि संसद विघटनको साहसिक कदम चालियो : गृहमन्त्री
फाइल फोटो

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र गरिएपछि संसद विघटनको बाध्यात्मक र साहसिक कदम चाल्नुपरेको बताएका छन् । 

गृहजिल्ला चितवनमा शनिवार नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसदको दुरुपयोग गरेर देशमा अस्थिरता उत्पन्न गर्ने षड्यन्त्रलाई आफूहरूले परास्त गरेको दाबी गरेका हुन् । 

‘उनीहरूले प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र गरे, उनीहरूको षड्यन्त्र असफल पार्न सरकार र पार्टीले संसद विघटनको ऐतिहासिक कदम उठायो । संसदको दुरुपयोग गरेर सरकारको नेतृत्व अपदस्त गर्ने र देशमा अस्थिरता पैदा गर्न चाहन्थे, त्यो रोक्न बाध्यात्मक र साहसिक कदमको रूपमा संसद विघटन गरिएको हो,’ थापाले भने । 

प्रतिनिधिसभा विघटनलाई जनताले अनुमोदन गरेको र देश निर्वाचनमा होमिएको उनले दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्