३० जेठ २०८३, शनिबार

थप १०९ जनामा कोरोना पुष्टि, ३५० संक्रमित निको

थप १०९ जनामा कोरोना पुष्टि, ३५० संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६६ हजार ४८ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३५० संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनले थप २ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्