२४ असार २०८३, बुधबार

मानव सेवा आश्रमद्वारा एक महिनामा ७५८ को उद्धार

मानव सेवा आश्रमद्वारा एक महिनामा ७५८ को उद्धार
फाइल तस्बिर

 मानव सेवा आश्रमले एक महिनाको अवधिमा ७५८ जनाको उद्दार गरेको छ ।  पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन भएको उद्धार अभियानका क्रममा भेटिएका उनीहरुलाई औषधोपचारसहित पालनपोषण गर्ने र आवश्यक मनोपरामर्श दिएर परिवारमा मिलन गराउने अभियान जारी रहेको आश्रमका अभियन्ता होमनाथ तिमिल्सिनाले बताए । उनका अनुसार पुस ७ गतेदेखि शुरु भएको अभियानको यही माघ १७ गते समापनसम्म ७५८ मध्ये २३५ लाई परिवारमा मिलन समेत गराइसकिएको छ । यसअघि उद्धार गरिएका व्यक्तिसहित अहिले आश्रममा एक हजार ५२३ व्यक्तिले आश्रय पाइरहेका छन् ।


विसं २०६९ देखि यसरी सडक उद्धार अभियान चलाइएको थियो । सडकमा रहेका असक्त, असहाय, वेवारिसे, मनोरोगीलगायतको सेवामा जुटेको आश्रमले अहिलेसम्म पाँच हजार बढीलाई उद्धार गरी सेवा दिइसकेको छ । एक हजार ५०० बढीलाई परिवारमा मिलन गराइसकेको छ । आश्रमले त्यस्ता व्यक्तिको घर पहिचान गरी भारत, बङ्गलादेशलगायत बाह्य मुलुकमा पुगेर परिवारिक पुनःमिलन गराइसकेको छ ।

सरकारले विसं २०७८ सम्म मुलुकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने लक्ष्य लिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्