१० साउन २०८३, आइतबार

म्यान्मारमा कूको चर्चा चल्दा सेनाले गर्‍यो संविधान रक्षाको वाचा

माघ १८, २०७७
म्यान्मारमा कूको चर्चा चल्दा सेनाले गर्‍यो संविधान रक्षाको वाचा

म्यान्मारमा सेनाले कू गर्ने चर्चा चल्दै गर्दा त्यहाँको सेनाले संविधानको रक्षा र पालन गर्ने अनि कानूनमुताबिक चल्ने दाबी गरेको छ । 

सन् १९६२ मा सेनाले कू गरेर ४९ वर्षसम्म शासन चलाएको थियो । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र म्यान्मारमा रहेको पश्चिमी मुलुकहरूका राजदूतले कूको आशंका गरेका थिए । तर कमान्डर इन चीफ जनरल मिन आङ लाइङको बयानलाई गलत तरिकाले प्रस्तुत गरिएको सेनाको दाबी छ । 

देशकी सर्वोच्च नेत्री आङ सान सू चीको सत्तारूढ दल नेसनल लीग फर डेमोक्रेसीले सेनाबाट उचित सफाइ आएको बतायो । नोभेम्बर महिनामा भएको निर्वाचनमा उक्त दलले प्रचण्ड बहुमत ल्याएको थियो । 
 

म्यान्मारको संविधानमा सेनालाई संसदमा २५ प्रतिशत सीट र तीन मन्त्रालयको अधिकार दिइएको छ । 

संसद्को नयाँ सत्र शुरू हुनुअघि सेनाले चुनावमा धाँधली भएको उजुरीमा कारवाही नगरिएमा सेनाले एक्सन लिने चेतावनी दिएको थियो । 

यही हप्ता राजनीतिक तनाव बढ्दा सेनाका प्रवक्ताले कूको सम्भावनालाई खारिज गर्न अस्वीकार गरेका थिए । कमान्डर इन चीफले संविधान पालन नगरिएमा फिर्ता लिन पनि सकिने बताएका थिए ।

विवाद चलेपछि सेनाको समर्थनमा म्यान्मारका कैयौं शहरमा प्रदर्शन भएका थिए । शनिवार देशको आर्थिक राजधानी यंगूनमा २०० जनाले ब्यानर सहित प्रदर्शन गरेका थिए । 

उता म्यान्मारको निर्वाचन आयोगले सेनाको आरोप खारेज गर्दै धाँधलीको कुनै उदाहरण नभेटिएको बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्