३२ असार २०८३, बिहीबार

प्रचण्ड–नेपाल आज माइतीघर मण्डलामा धर्ना बस्ने

प्रचण्ड–नेपाल आज माइतीघर मण्डलामा धर्ना बस्ने

प्रतिनिधिसभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेका नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु आइतवार माइतीघर मण्डलाको धर्नामा सहभागी हुँदैछन् ।

मध्यान्ह १२ बजे मण्डलामा आयोजित कार्यक्रममा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल सहभागी हुने कार्यक्रम रहेको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाका सांसदहरुले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि मण्डलामा धर्नामा बसेका छन् । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्