
प्रतिनिधिसभा पुनस्र्थापनाको माग राख्दै नेपाली कांग्रेसका १३ वटै भातृ संगठनहरूले मुलुकभर सोमवार प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसका १३ वटै भातृ संगठनले सोमवार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई सोमवारको प्रदर्शनमा अगाडि सारिने १३ वटै भातृ संस्थाका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएका छन् ।
उनीहरूले व्यापक सहभागीताको लागि आह्वान गरेका छन् ।