२१ जेठ २०८३, बिहीबार

प्रचण्ड–नेपाल समूहले छोट्यायो माइतीघरको धर्ना कार्यक्रम

प्रचण्ड–नेपाल समूहले छोट्यायो माइतीघरको धर्ना कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माइतीघर मण्डलामा भइरहेको सांसदहरूको धर्ना कार्यक्रम तीन दिनअगावै समापन गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड–नेपाल समूहले माघ १४ देखि २१ गतेसम्म सांसदहरूको धर्ना कार्यक्रम राखेको थियो ।

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले आन्दोलनका आगामी कार्यक्रममा केन्द्रित हुनु परेको भन्दै धर्ना कार्यक्रम स्थगित भएको जानकारी गराएकी हुन् ।

आइतवारको धर्नामा प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

धर्ना समापन गर्दै नेतृ भुसालले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको फैसला छिट्टै आउने विश्वास व्यक्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्