२१ असार २०८३, आइतबार

फ्रान्स : कोरोनाको बेलामा सामूहिक क्रीडा गरिएपछि प्रहरीको छापा

माघ १८, २०७७
फ्रान्स : कोरोनाको बेलामा सामूहिक क्रीडा गरिएपछि प्रहरीको छापा

फ्रान्सको राजधानी पेरिसमा शुक्रवार राति १०० जनाभन्दा बढी मानिस एक गोदाममा भेला भएर सामूहिक क्रीडा गरिरहेको अवस्थामा प्रहरीले छापा मारेर तितरबितर पारेको छ । 

कलेजियन नामक स्थानमा पुरुष र महिलाहरू भारी संख्यामा भेला भएको खबर पाएपछि प्रहरीले छापा मारेको हो । 

कोरोना संक्रमण रोक्नका लागि फ्रान्सभरि कर्फ्यु लगाइएको छ । 

‘यो घटना कर्फ्युको ठाडो उल्लंघन हो । मानिसहरूले मास्क लगाएका थिएनन् र सामाजिक दूरी पनि पालन गरेका थिएनन्,’ एक प्रहरीले बताए । 

‘सामूहिक कामक्रीडामा संलग्न मानिसहरूले प्रहरीलाई सहयोग गरे, प्रहरीसँग कसैले पनि निहुँ खोजेन,’ उनले थपे । 

आयोजक भनिएका तीनजनालाई राति नौ बजे छापा मारिएलगत्तै पक्राउ गरिएको थियो । उनीहरूलाई नियम पालन नगरेको सजायस्वरूप एक सय युरो जरिवाना लगाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्