२४ जेठ २०८३, आइतबार

राष्ट्रिय महिला फुटबल : चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा

राष्ट्रिय महिला फुटबल : चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लब लिगको दोस्रो स्थानमा पुगेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–१ गोलले हराएको हो ।

पुलिसका लागि निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरेका थिए । चन्द्रपुरका लागि सविता राना मगरले सान्त्वना गोल गरिन् ।

खेलको २७औँ मिनेटमा विकले गोल गरेकी हुन् । खेलको ३९औँ मिनेटमा चन्द्रपुरकी रानाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याइन् ।

मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा पुलिसका लागि थापाले गोल गरिन् । खेलको इन्जुरी समयमा शेर्पाले गोल गर्दै पुलिसलाई ३–१ गोल अन्तरले विजयी दिलाइन् ।

जितसँगै पुलिस क्लब पाँच खेलमा आठ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुर पाँच खेलमा तीन अङ्कका साथ लिगको छैटौँ स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत सोमबार विराटनगर र आर्मीबीच तथा एपीएफ र चौदण्डीगढीबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्