३० जेठ २०८३, शनिबार

निर्वाचनका लागि कुनै कमी कमजोरी हुन नदिन प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

निर्वाचनका लागि कुनै कमी कमजोरी हुन नदिन प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन
फाइल फोटो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेका आधारमा उपयुक्त तथा पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिएका छन् ।

आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी सम्बन्धमा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारीसहितको आज भक्तपुरमा बसेको बैठकमा उनले उक्त निर्देशन दिएका हुन् ।

प्रमुख आयुक्त थपलियाले भने, 'आगामी निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा नै स्थापना गर्ने र आचारसंहिता अनुगमनसम्बन्धी समिति स्थानीय तह स्तरमा समेत गठन गर्ने गरी तयारी भइरहेको छ ।'

सो अवसरमा उनले निर्वाचनसम्बन्धी तयारी कार्यमा कुनै कमीकमजोरी हुन नदिनेतर्फ सजग र सचेत रही निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना जिल्ला बनाउनेतर्फ पहल गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुखले जिल्लामा राजनीतिक वातावरण, जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजकले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको प्रगतिबारे बैठकमा जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्