२७ जेठ २०८३, बुधबार

वैशाखमा निर्वाचन हुन सकस पर्दै, दुई विषय टुंगो लाग्न ढिलाइ

माघ १९, २०७७
वैशाखमा निर्वाचन हुन सकस पर्दै, दुई विषय टुंगो लाग्न ढिलाइ

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित नेकपाको आधिकारिकता विवाद र संसद् विघटनलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ढिलाइ हुँदा वैशाखमा निर्वाचनको सम्भावना क्षीण हुँदै गएको समाचार नागरिक दैनिकमा छापिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।
निर्वाचन आयोगले चुनाव सम्पन्न गराउन ९० दिन बाँकी रहँदा सम्पूर्ण प्रक्रिया सुरु गर्नुपर्ने बताएको छ । निर्वाचन तोकिएको मिति आउन अब ८८ दिनमात्रै बाँकी छ । तर निर्वाचनसँग जोडिएको दुई वटा मुद्दा छिट्टै किनारा लाग्ने सम्भावना कम छ ।

salt training

कमेन्ट गर्नुहोस्