
नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ६सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा ५ सय रुपैयाँको वृद्धि भएको हो ।
सोमवार तेजाबी सुनको मूल्यमा पनि वृद्धि भएको छ । यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन चाँदी प्रति तोला ८० रुपैयाँले वृद्धि भएको हो ।