२३ असार २०८३, मंगलबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडीलाई अवरोध, ओली र प्रचण्ड–नेपाल पक्षबीच झडप

उपप्रधानमन्त्री ईश्वर पोखरेलको गाडीलाई अवरोध, ओली र प्रचण्ड–नेपाल पक्षबीच झडप

नेकपा ओली समूहको कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीलई अवरोध भएको छ ।

मन्त्रीहरूलाई कालोझण्डा देखाउने कार्यक्रम अन्तर्गत नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले पोखरेललाई नुवाकोटको बट्टारमा कालो झण्डा देखाउँदै गाडी रोकेर अवरोध गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

पोखरेलको गाडीलाई अवरोध भएपछि ओली र प्रचण्ड–नेपाल दुवै पक्षबीच केहीबेर सामान्य झडप समेत भएको छ ।

पार्टी विभाजनपछि ओली र प्रचण्ड–नेपाल दुवै पक्ष एकअर्काविरुद्ध आक्रामक देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्