२८ जेठ २०८३, बिहीबार

आफूलाई मधेशविरोधी भन्ने मधेशी नेतालाई ओलीको चुनौती– डुम/चमारको छोरालाई काँधमा उठाउने हिम्मत छ ?

आफूलाई मधेशविरोधी भन्ने मधेशी नेतालाई ओलीको चुनौती– डुम/चमारको छोरालाई काँधमा उठाउने हिम्मत छ ?
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई मधेशविरोधी भन्ने मधेशकेन्द्रित दलका नेताहरूलाई डुम र चमारको छोरालाई काँधमा उठाउन चुनाैती दिएका छन् । 

धनुषाको ढल्केबरमा नेपाल विद्युत् प्राधिकरणको प्रशारण लाइनको सोमवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खोक्रा नारा लगाएर मधेशको विकासका लागि सरकारले काम गरिरहेको बताएका हुन् । 

‘तपाईंको कान भरेका होलान्, केपी ओली मधेशविरोधी भनेर । मधेशविरोधी भन्नेले डुमको छोरोलाई उचालेर हेर्नुस् त हामी हेरौं, चमार डुमको छोरो काँधमा उठाउन सक्नुहुन्छ ?’ ओलीले प्रश्न गरे । तराईका जिल्लामा अहिले पनि डुम, चमारलगायत जातिमाथि विभेदका घटना भइरहेका हुन्छन् ।

प्रधानमन्त्री ओलीले पूर्व पश्चिम रेलमार्गको शिलान्यास आफैँले गर्ने बताए । अर्को प्रसंगमा ओलीले सन् २०२१ मा कोभिडलाई देशबाट पराजित गरिने दाबी गरे ।

फ्रन्टलाइनमा बस्नेका लागि खोप शुरू भइसकेको र यो काम तीन महिनाभित्र सम्पन्न हुने उनले बताए ।

‘सन् २०२१ नेपालबाट कोभिडलाई लखेट्ने र पराजित गर्ने वर्ष हुनेछ । सरकारलाई तपाईंहरूको ज्यान सबैभन्दा प्यारो छ,’ ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्