२१ जेठ २०८३, बिहीबार

सुनको जलहरि लगाउन अपुग भएकाले रु ३० करोड दिन लागिएको हो – पर्यटनमन्त्री ढकाल

सुनको जलहरि लगाउन अपुग भएकाले रु ३० करोड दिन लागिएको हो – पर्यटनमन्त्री ढकाल
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग रु ५० करोड रकम अपुग भएकाले रु ३० करोड सरकारले दिन लागेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने हुनाले पुरानो निर्णयानुसार नै जलहरि लगाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

मन्त्री ढकालले सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को यही माघ २३ गते हुने आमसभाका लागि फराकिलो ठाउँ चाहिएकाले नारायणहिटी दरबार मार्ग क्षेत्र रोजिएको स्पष्ट गरे ।

उनले संवैधानिक परिषद्को सिफारिस फिर्ताले केही असर नगर्ने जनाउँदै परिषद्को निर्णयअनुसार नै नियुक्ति हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्