०८ असार २०८३, सोमबार

सशस्त्र प्रहरीद्वारा २ लाख ८० हजारको सामान बरामद

सशस्त्र प्रहरीद्वारा २ लाख ८० हजारको सामान बरामद

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते एपीएफ टोलीले करीब २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ३ अभयनगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्