०१ असार २०८३, सोमबार

शहीद तथा बेपत्ता परिवारलाई सम्मान र स्वास्थ्य बीमा

माघ १९, २०७७
शहीद तथा बेपत्ता परिवारलाई सम्मान र स्वास्थ्य बीमा

मुलुकमा भएका विभिन्न सङ्घर्ष तथा परिवर्तनका आन्दोलनमा कास्कीको रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भएका छन् । सत्र जना घाइते तथा ४० जना द्वन्द्वपीडित र आठजनाले जेलनेल खेपेका छन् ।

    शहीद, बेपत्ता तथा घाइते एवम् द्वन्द्वपीडित र जेलजीवन भोगेका व्यक्तिका परिवारलाई ताम्रपत्र, दोसल्लाले सम्मान तथा पाँचजना सम्मको रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिएको हो ।  

    गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पीडित परिवारलाई सम्मान गर्दै त्यस्ता परिवारलाई दिगो जीविकोपार्जनका लागि प्रदेश सरकारले आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्