३१ असार २०८३, बुधबार

जसपा नेता यादव नेकपामा प्रवेश, बालुवाटारमा ओलीले गरे स्वागत

जसपा नेता यादव नेकपामा प्रवेश, बालुवाटारमा ओलीले गरे स्वागत

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा प्रवेश गरेका छन् ।

तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट यादव २०७० सालको संविधान सभामा प्रमुख सचेतक थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यादवलाई मंगलवार नेकपा प्रवेश गराएका हुन् । रसियामा इन्जिनीयरिङ पढेका यादव पूर्वाधार विज्ञ हुन् ।

विगतमा उनी जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिन्थे । 

salt training

कमेन्ट गर्नुहोस्