०४ असार २०८३, बिहीबार

को हुन् अमेजनका नयाँ बोस एन्डी जेसी ?

को हुन् अमेजनका नयाँ बोस एन्डी जेसी ?

विश्वविख्यात कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले सीईओ पद छोड्ने भएका छन् । उनको स्थानमा एन्डी जेसी आउँदैछन् । 
 

जेसी अहिले अमेजन वेब सर्भिसेजका प्रमुख हुन् । 

५३ वर्षीय जेसीले सन् १९९७ मा अमेजन प्रवेश गरेका थिए । उनले हार्वर्ड बिजनेस स्कूलबाट एमबीए गरेका छन् । 

उनकी पत्नीको नाम रोसेल काप्लान हो र उनीहरूका दुई सन्तान छन् । खेलकुद र संगीतमा उनको रुचि छ । 

सन् २००६ मा जेसीले अमेजनको क्लाउड सर्भिस प्लेटफर्म अमेजन वेब सर्भिसेज स्थापना गरेका थिए । 
 

जेसीले काला जातिका मानिस तथा समलिंगीहरूको अधिकारका विषयमा आफ्ना धारणा प्रकट गर्ने गरेका छन् । 

विगत २६ वर्षदेखि सीईओ रहेका बेजोस अब कम्पनीका कार्यकारी अध्यक्षका रूपमा काम गर्नेछन् । बेजोसले अन्लाइन बूक स्टोरका रूपमा कम्पनी स्थापना गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्