०४ असार २०८३, बिहीबार

माघ २३ गतेको सभाको तयारी भन्दै काठमाडौंमा युवा संघको बृहत् मोटरसाइकल र्‍याली

माघ २३ गतेको सभाको तयारी भन्दै काठमाडौंमा युवा संघको बृहत् मोटरसाइकल र्‍याली

माघ २३ गते काठमाडौंमा आयोजना गर्न लागिएको जनसभाको तयारी स्वरूप भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बुधवार राजधानीमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ ।

मध्याह्न १२ बजे ललितपुरको बालकुमारीबाट शुरू भएको र्‍याली सातदोबाटो, लगनखेल जावलाखेल, शहीदगेट, जमल, नारायणहीटी, कमलपोखरी, गौशाला हुँदै कोटेश्वर पुगेर टुंगिने छ ।

ओली नेतृत्वको नेकपाले शुक्रवार काठमाडौंमा बृहत् जनसभाको आयोजना गरेको छ । जनसभाको तयारी र प्रचारप्रसार व्यापक रूपमा चलिरहेको जनसभाको आयोजक नेकपा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्