२६ असार २०८३, शुक्रबार

चैत २७ मा पुष्पको आफैंसँग भिडन्त

चैत २७ मा पुष्पको आफैंसँग भिडन्त

आगामी चैतसम्म नेपाली चलचित्र हलमा खासै नयाँ चलचित्र प्रदर्शनमा आउने छाँटकाँट देखिएको छैन ।

तर, चैतको अन्तिम साताबाट भने नेपाली चलचत्रिहरु बिच भाले जुधाई हुने लक्षण देखा परेको छ ।

चैत २७ मा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्र ‘मनसँग मन’ प्रदर्शन हुँदैछ । सोहि मितिमा ‘कृष्ण लीला’ पनि प्रदर्शन हुँदैछ । यो चलचित्रमा अभिनेता पुष्प खड्का लिड रोलमा छन् । मंगलवार निर्माण टिमले आधिकारिक रुपमा उक्त चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ । सोहि मितिमा ‘लप्पन छप्पन २’ ले प्रदर्शन मिति घोषणा गरेको छ । चैत २७ गते तीन चलचित्रको बक्स अफिसमा भिडन्त हुने पक्का भएको छ ।

एकै मितिमा आफ्नै दुईवटा चलचित्र जुध्दा पुष्प खड्कालाई भने निकै समस्या पर्ने देखिन्छ । लोकान्तरसँग उनले भने, ‘सकेसम्म एकै मितिमा चलचित्र न आइदिए हुन्थ्यो भन्ने मेरो धारणा हो । आशा राखौं निर्माण टिमले यसमा केहि राम्रो सोच्नुहुनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्