![अख्तियारमा प्रेम राईको 'इन्ट्री', यी हुन् संवैधानिक आयोगमा नियुक्त प्रमुख र पदाधिकारी [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/Premkumar_Rai_FWKQkjH7II.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेकी छन् ।
बुधवार मध्याह्न एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नियुक्तिबारे जानकारी दिएका हुन् ।
११ वटा संवैधानिक आयोगका नवनियुक्त ३२ जना पदाधिकारीहरूले बुधवार नै शपथ लिइसकेका छन् ।
राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले सिफारिश गरेका नामहरूमा संसदीय सुनुवाइ हुन नसकेपनि ४५ दिनको म्याद पूरा गरी नियुक्ति दिइएको हो ।
प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ समितिको कार्यावधि स्वत: समाप्त भएको अवस्था छ ।
प्रतिनिधिसभा विघटन भएका कारण सुनुवाइ हुने अवस्था नरहेको भन्दै सभामुख अग्नि सापकोटाले परिषद्को पत्र जस्ताको तस्तै फिर्ता पठाएका थिए ।
त्यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यस्तो छ राष्ट्रपति कार्यालयको प्रेस विज्ञप्ति –

