०७ असार २०८३, आइतबार

प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ । अधिवक्ता समिर हायुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्यायसम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्