०१ असार २०८३, सोमबार

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दको विरोध

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दको विरोध
फाइल तस्बिर

नेकपा प्रचण्ड–माधव नेपाल पक्षले आज आमहड्ताल आह्वान गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि नेपाल बन्दको आह्वान गरेर जनतालाई दुख दिन काम गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध गरेका हुन् ।

प्रचण्ड–नेपाल पक्षले बन्द सफल पार्न आह्वान गरिरहँदा जनस्तरबाट भने यसको विरोध भएको हो ।‘पंखेटा हाल्न लागेको कमिला ले ‘भुरभुर’ गर्यो भनेर किन चिन्ता ? किन गर्नु पर्यो नेपाल बन्द  ?’ एक सामाजिक सञ्जाल प्रयोगकर्ता अर्जुन छतकुलीले भनेका छन् ।

यस्तै ‘शासकलाई सजिलो जनतालाई असुविधा मात्र हुने आमहड्ताल, बन्दजस्ता कार्यक्रम अब पनि गर्नु भनेको आयोजकमा सृजनात्मकताको अभाव हो’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता रोहित दाहालले भनेका छन् ।

‘नेपाल बन्द ? के को बन्द ? सधैं,सबैले जनतालाई मात्र दुःख दिने ?कम्तिमा काम गरेर खान त देउ, जो सुकैले जे सुकै बहानामा गरोस्, नेपाल बन्दको खुलेर बिरोध गरौं, प्रतिकार गरौं !’ सामाजिक अभियन्ता समेत रहेका अर्का सामाजिक प्रयोगकर्ता निगम हुमागाईले भनेका छन् ।

यी त प्रतिनिधि उदाहरण मात्रै हो । सामाजिक सञ्जालमा विभिन्न पेशाकर्मीसहित सरोकारवालाहरुले बन्दको विरोध गर्दै बन्दको विकल्प खोज्न प्रचण्ड नेपाल समूहलाई सुझाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटित गरेपछि आन्दोलित प्रचण्ड–नेपाल समूहले संवैधानिक निकायमा नियुक्तिपछि थप आक्रोश पोख्दै बिहीबार नेपाल बन्दको आह्वान गरेको हो । बन्दको व्यापारिक क्षेत्रबाट पनि विरोध भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्