
नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहका नेतृ अष्टलक्ष्मी शाक्यसहितलाई प्रहरीले पक्राउ गरेको छ ।
बन्दको आह्वानमा सडकमा उत्रिएका उनीहरूलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।
नेता शाक्यसहितलाई प्रहरीले पक्राउ गरेको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
आज विहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।
— Bishnu Rijal (@bishnurijal1) February 4, 2021