
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको विरोधमा नेकपाको प्रचण्ड नेपाल पक्षले गरेको आमहड्तालका क्रममा ७२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरबाट बिहीबार बिहानै ७२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेतृ अष्ठलक्ष्मी शाक्य समेत रहेकी छिन् । उनलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशिल सिंह राठौरले आन्दोलनकारीको मुभमेन्टलाई रोक्न सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए । यद्यपी केही ठाउँमा आगजनीका घटनासमेत बाहिर आएका छन् ।