२३ जेठ २०८३, शनिबार

अपडेटः उपत्यकाबाट प्रचण्ड–नेपाल पक्षका ७२ नेता कार्यकर्ता पक्राउ

अपडेटः उपत्यकाबाट प्रचण्ड–नेपाल पक्षका ७२ नेता कार्यकर्ता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको विरोधमा नेकपाको प्रचण्ड नेपाल पक्षले गरेको आमहड्तालका क्रममा ७२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं, ललितपुर  र भक्तपुरबाट बिहीबार बिहानै ७२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेतृ अष्ठलक्ष्मी शाक्य समेत रहेकी छिन् । उनलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशिल सिंह राठौरले आन्दोलनकारीको मुभमेन्टलाई रोक्न सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए । यद्यपी केही ठाउँमा आगजनीका घटनासमेत बाहिर आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्