
पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै सो प्रचण्ड सडकमा निस्केका छन् ।
प्रचण्ड ललितपुरको सातदोबाटो क्षेत्रमा सडकमा आएर प्रदर्शनमा सहभागि भएका थिए ।
प्रचण्ड नेपाल समूहको हडतालमा सवारी साधन सञ्चालन गर्न गृहमन्त्रालयले बुधवार राति अपिल गरेको थियो । संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड नेपाल समूहले बिहीवारका लागि आम हड्ताल आह्वान गरेको थियो ।
बन्द गराउँदै सडकमा निस्केका नेकपाका ७० भन्दा बढी कार्यकर्ता पक्राउ परिसकेका छन् ।