पत्थरीको समस्याले धेरैजनालाई सताइरहेको हुन्छ ।
पत्थरी पीडादायक हुन्छ । पीडित व्यक्तिलाई त्यसले निकै असहज गराउँछ ।
पत्थरी नियन्त्रित गर्नका लागि पानी पिउनु जरूरी छ । जमेको पत्थरलाई ससाना टुक्रा बनाउन शरीरलाई तरलता दिइरहनुपर्छ । पानी पिइरहेमा पत्थरी पिसाबमार्फत बाहिर निस्कन्छ ।
कागतीमा साइट्रेट उच्च मात्रामा हुन्छ । प्रत्येक दिन कागतीको रस राखेको पानी पिउँदा मिर्गौलामा पत्थरी बन्न पाउँदैन ।
कागतीमा भएको साइट्रेटले क्याल्सियम क्रिस्टल बन्न दिँदैन र पत्थरी बन्न सक्दैन । कागतीपानी नियमित पिउँदा सानो पत्थरी शरीरबाट सजिलै बाहिर निस्कन्छ ।
कागतीपानीका अन्य पनि धेरै लाभ छन् । एक गिलास ताजा पानीमा कागती ाखेर पिउँदा पाचनका लागि राम्रो हुन्छ । यसले कलेजोलाई डिटक्स गर्छ, तौल घटाउँछ, मेटाबोलिजम बढाउँछ र मधुमेह नियन्त्रित गर्न मद्दत गर्छ । तर कागतीपानी बेस्सरी पिउन चाहिँ हुँदैन ।
मिर्गौलाका लागि स्वस्थ आहारका साथै पर्याप्त पानी आवश्यक हुन्छ । मौसमी फलको सेवन पनि जरूरी हुन्छ ।
स्याउको र सुन्तलाको जुसले मिर्गौलालाई स्वस्थ राख्छन् । तर चिकित्सकको सल्लाहबमोजिम मात्र यसको सेवन गर्नुपर्छ ।