![घाइतेहरूको साथमा अष्टलक्ष्मीसहित नेताहरू प्रहरी हिरासतमा [फोटोसहित]](https://lktcdn2.prixacdn.net/media/n1_Qks80ee8Nh.jpg)
अष्टलक्ष्मी शाक्यसहित घाइतेहरू प्रहरी हिरासतमा यस्तो अवस्थामा (फोटोसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा पक्राउ परेका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।
हिरासतमा लिएका नेकपा नेता कार्यकर्तालाई काठमाडौंको महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा राखिएको छ ।
हिरासतमा रहेको अवस्थाका तस्वीरहरू केन्द्रीय सदस्य अमृता थापामगरले फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । तस्वीरमा घाइतेहरू समेत देखिएका छन् ।
नेत्री अष्टलक्ष्मी शाक्य लगायत नेता कार्यकर्ता कुर्सीमा बसेका समेत देखिन्छन् ।
उनले लेखेकी छन्, ‘शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन पाउने अधिकारको खिलाफ निरंकुश तन्त्रको अभ्यास ! हामी घाइते साथी राजकुमार तामाङ, कमला गौतमसँगै महाराजगञ्ज चौकीमा छौं । घाइतेको तुरुन्त उपचार गर ।’
हेर्नुहोस् तस्वीरहरू –


