०१ साउन २०८३, शुक्रबार

बन्द गराउन सडकमै आइन् मेयर रेनु दाहाल

बन्द गराउन सडकमै आइन् मेयर रेनु दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सडकमै आएकी छन् ।

मेयर दाहालले ‘प्रतिगमनको विरुद्धको आन्दोलन जारी छ’ भन्दै चितवनको पुलचोकमा बन्द गराइरहेको तस्वीर सार्वजनिक गरेकी छन् ।

प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजनसँगै प्रचण्ड–नेपाल समूहले सरकारविरुद्ध लगातार आन्दोलन गरिरहेको छ । 

बुधवार संवैधानिक आयोगका पदाधिकारीले शपथ लिएपछि देशव्यापी आमहड्ताल घोषणा गरिएको हो ।

तस्वीरहरू

salt training

कमेन्ट गर्नुहोस्