१४ असार २०८३, आइतबार

प्रचण्ड–नेपाल समूहको आमहड्ताल सफल पार्न मुख्यमन्त्री नै निस्किए सडकमा

प्रचण्ड–नेपाल समूहको आमहड्ताल सफल पार्न मुख्यमन्त्री नै निस्किए सडकमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् ।

राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन् ।

प्रमुख स्वकीय सचिव शिवसिंह वलीले मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएका जानकारी दिए । वलीले सामाजिक सञ्जाल फेसबूकमा राखेको तस्वीरमा मुख्यमन्त्री भट्टसँगै नेता देव गुरुङ समेत देखिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्