
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ ।
प्रचण्ड–नेपाल समूहका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले साँझ ६ बजेपछि आमहड्ताल फिर्ता हुने जानकारी दिए ।
सरकारले संवैधानिक आयोगमा नियुक्ति गरेपछि प्रचण्ड–नेपाल समूहले बिहीवार आमहड्ताल आह्वान गरेको थियो । देशभर आमहड्तालको मध्यम प्रभाव परेको छ ।