२१ जेठ २०८३, बिहीबार

अमेरिकी युद्धपोत यूएसएस निमित्ज हिन्द-प्रशान्त क्षेत्रमा तैनाथ गरिने, चीनलाई सन्देश

माघ २२, २०७७
अमेरिकी युद्धपोत यूएसएस निमित्ज हिन्द-प्रशान्त क्षेत्रमा तैनाथ गरिने, चीनलाई सन्देश

अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस निमित्ज र स्ट्राइक ग्रूप पश्चिम एसियाबाट झिकेर हिन्द प्रशान्त क्षेत्रमा तैनाथ गर्न लागिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । 

इरानसँगको तनाव घटाउनका लागि युद्धपोत सेन्ट्रल कमान्डबाट हटाउन लागिएको विश्लेषण हुन थालेका छन् । अनि जो बाइडन प्रशासनले डोनल्ड ट्रम्प प्रशासनकै नीतिलाई निरन्तरता दिँदै चीनप्रति कठोर धारणा राख्ने पनि यसबाट देखिएको छ । 

बाइडनले अहिलेसम्म चिनियाँ समकक्षी सी चिनफिङसँग कुराकानी गरेका छैनन् । अमेरिकाले पहिला साझेदारहरूसँग एकमत भएपछि बल्ल चीनसँग सम्पर्क गर्ने त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

‘रक्षामन्त्री लोयड अस्टिनले विस्तृत भूरणनीतिक तस्वीरलाई विचार गर्दै सेन्ट्रल कमान्डको जिम्मेवारी क्षेत्रबाट हटाएर हिन्द प्रशान्त क्षेत्रमा तैनाथ गर्ने निर्णयलाई समर्थन गर्नुभएको हो,’ रक्षा मन्त्रालयले जानकारी दिएको छ । 

यस तैनाथीबाट अमेरिकाले दक्षिण चीन सागरमा उपस्थिति बढाउने संकेत पाइएको छ । यसले एसिया प्रशान्त क्षेत्रका ३६ देशहरूको आत्मविश्वास बढ्ने बताइएको छ । तीमध्ये धेरै मुलुकको सीमाविवाद चीनसँग छ । 

अर्को विमानवाहक युद्धपोत समूह यूएसएस थियोडोर रूजवेल्ट दक्षिण चीन सागर अघिल्लो महिना पुगेको थियो । समुद्रहरूको स्वतन्त्रतालाई त्यसले प्रवर्धन गर्ने बताइएको छ । 

चीनले ताइवान जलसन्धिमा बमवर्षक विमान सहित दर्जनौं सैन्य विमान उडाएपछि यो युद्धपोत बाशी जलसन्धि हुँदै दक्षिण चीन सागरमा तैनाथ गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्