
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले तत्काल बैठक बोलाएर छलफल गर्न सभापति शेरबहादुर देउवासँग माग गरेको जनाएका छन् ।
उनले लेखेका छन्, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसै पछिल्लो कडी हो । यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।’
#2
— Ram Chandra Paudel (@NcPaudel) February 4, 2021
तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।