०१ असार २०८३, सोमबार

धान खरीद गर्दै खाद्य कम्पनी

माघ २२, २०७७
धान खरीद गर्दै खाद्य कम्पनी
प्रतिकात्मक तस्वीर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ । 

संघीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान ५ हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म ६ करोड ३७ लाख ५९ हजार ७९८ मूल्य बराबरको २२ हजार १.४५ क्वीन्टल सोना मन्सुली र ३ लाख ४ हजार ५०० मूल्य बराबरको १०५ क्वीन्टल जिरा मसिनो धान खरीद गरेको सो कार्यालयले जनाएको छ ।

प्रतिशतको हिसाबले हेर्ने हो भने हालसम्म सोना मन्सुली धान ७४ प्रतिशत र जिरामसिनो धान २.८ प्रतिशत खरीद गरिएको छ । तोकिएको लक्ष्य प्राप्ति नहुञ्जेलसम्म धान खरीद गर्ने सो कार्यालयका शाखा प्रमुख विकास कटुवालले बताए ।

कार्यालयले अहिले सोना मन्सुली धान प्रति क्वीन्टल २ हजार ८८५ रुपैयाँ र जिरामसिनो धान प्रतिक्वीन्टल २ हजार ९०० रुपैयामा खरीद गर्दै आएको छ । 

सोना मन्सुली धान खरीदमा लक्ष्य प्राप्ति हुन सकेपनि जिरामसिनो धान कम उत्पादन भएकोले लक्ष्य भने प्राप्ति हुन नसक्ने सो कार्यालयले जनाएको छ । कार्यालयले मध्यमवर्गीय किसानको धान मात्र खरीद गर्ने गरेको छ । 

साना किसानले उत्पादन गरेको धान वर्षभरि आफूले खानको लागि राख्ने गरेको र बढी भएको धान मात्र कार्यालयलाई बेच्न आउने गरेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।

जबसम्म प्रधान कार्यालयले धान खरीद गर्न निर्देशन नदिएसम्म सो कार्यालयले धान खरीद गर्ने कार्यलाई जारी राख्ने छन् । शुरूमा दैनिक १ हजार क्वीन्टलसम्म धान खरीद हँुदै आएकोमा अब किसान पातलिँदै गएकाले दैनिक ५०० क्वीन्टल मात्र धान खरीद हुने गरेको सो कार्यालय जनाएको छ । 

निजी गल्ला व्यापारी भन्दा सरकारीस्तरमा सोना मन्सुली धान साढे ६ प्रतिशत र जिरामसिनो धान साढे ६ प्रतिशत बढी मूल्यमा खरीद गर्ने गरेकाले पर्सा, बाराका किसान धान बेच्न संस्थानतर्फ आकर्षित भएका छन् । 

अघिल्लो वर्षको बाँकी रहेको संस्थानसँग सोना मन्सुली चामल १७२ दशमलव ५५ क्वीन्टल र स्टीम जिरामसिनो चामल ९९ क्वीनटल १० केजी मौज्दात अवस्थामा रहेको छ । 

संस्थानले उत्पादन गरेको चामल २ नम्बर प्रदेशको वीरगञ्ज, रौतहट, हेटौंडा र चितवन कारागारमा पठाउँदै आएको छ भने बाँकी चामल माग अनुसार नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरा, काठमाडौं, दाङ, भैरहवाको कार्यालयमा पठाउने गरेको र त्यहाँबाट सो चामल सुदूर पहाडी क्षेत्रमा जाने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्