
चीनको एक चिडियाखानामा बिरामी बाघको उपचार गर्न गएका पशुचिकित्सकको गोडामा बाघले टोकिदिएको छ ।
उपचारका क्रममा बाघ अचानक उठेपछि चिकित्सकलाई टोकेको थियो । बेहोश बनाउने औषधिले काम नगरेको यसबाट देखिएको छ ।
तर चिडियाखानाले यसलाई झूटो खबर भनेको छ । बेहोश अवस्थामै बाघले मुख खोलेको उसको भनाइ छ ।
सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहेको भिडियो फूटेजमा चिकित्सकका सहकर्मीहरूले उनलाई उद्धार गरेको देखिन्छ ।
घटना चीनको हेनान प्रान्तमा रहेको जियाओजुओ चिडियाखानामा भएको हो ।
चिकित्सकलाई सामान्य चोटपटक लागेको र उनको अवस्था स्थिर रहेको चिडियाखानाले जनाएको छ ।
चिडियाखानाले कर्मचारीहरूलाई सुरक्षा सम्बन्धी शिक्षा दिने र यस्ता घटना नदोहोरिऊन् भनी प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।