
प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिको विषयलाई लिएर नेकपाको प्रचण्ड-नेपाल पक्षले बिहीवार गरेको आमहड्ताल ५ बजे अन्त्य हुने भएको छ ।
पार्टीका नेता विष्णु रिजालले आम हड्ताल ५ बजे अन्त्य हुने लोकान्तरलाई बताए ।
अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता कार्यकर्ता बिहीवार बिहानैदेखि आमहड्ताल सफल बनाउन राजधानीलगायत देशका मुख्य सहरमा जम्मा भएका थिए ।
कतिपय ठाउँमा कार्यकर्ता र सुरक्षाकर्मीबीच मुठभेड भएको थियो भने काठमाडौँमा बिहान ५ बजे ट्याक्सीसमेत जलाइएको थियो ।
राजधानी काठमाडौँमा आमहड्तालको प्रभाव कम देखिएको थियो भने अन्य कतिपय ठाउँमा सवारी साधनहरू चल्न सकेनन् ।