३० जेठ २०८३, शनिबार

थप १७१ जनामा कोरोना पुष्टि, २२७ संक्रमित निको

थप १७१ जनामा कोरोना पुष्टि, २२७ संक्रमित निको

पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६७ हजार २९२ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २२७ संक्रमित निको भएका छन् ।

बिहीवार देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप २ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार ३३ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्