!['केपी ओली आई लभ यू' भन्दै राजधानीमा मार्चपास [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Marchpass_0NKx0p28By_CxzNVAbPYy.jpg)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले शुक्रवार राजधानीमा आयोजना गरेको आमसभाको तयारीस्वरूप बिहीवार मार्चपास गरेको छ ।
बाल्मिकी क्याम्पसबाट शुरू भएको मार्चपास जमल पुतलीसडक हुँदै बाल्मिकी क्याम्पसमै आएर समापन भएको थियो । मार्चपासमा सहभागीहरू सबैले उस्तै ख्यालको रातो क्याप लगाएका थिए ।
सहभागीहरूले 'केपी ओली आई लभ यू' भन्दै नारा समेत लगाए ।
आगामी वैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनका पक्षमा माहोल बनाउन भन्दै ओलीपक्षले शुक्रवार दरबारमार्गमा बृहत जनसभा आयोजना गरेको छ ।
हेर्नुहोस्, भिडियो :