२२ जेठ २०८३, शुक्रबार

सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

माघ २२, २०७७
सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित
फाइल तस्बिर

नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई )को आबूधाबीमा जारी  टि १० लिगमा दुई विकेट लिएका छन् । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एउटै ओभरमा दुई विकेट लिन सफल भए ।

सोमपालले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका हुन् । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किए । सोमले दुई ओभरमा मात्र १० रन खर्चिए । उनले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन् ।

युएईमा जारी टी १० लिगमा सोमपालका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन् । खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्