
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले माघ २३ गते शुक्रबारदेखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । आईपीओ माघ २३ गते खुला भई छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बन्द हुनेछ ।
बिक्री प्रबन्धक तथा बीओके क्यापिटल मार्केट लिमिटेडका अनुसार स्थानीयबासीका लागि बिक्री खुला गरी बिक्री नभएको १६ लाख ९६ हजार ४ सय कित्ता शेयर गरी कुल ३४ लाख ९६ हजार ४ सय कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ६९ हजार ९२८ कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत सुरक्षित गरिएकोमा सम्पूर्ण शेयर बिक्री भएकाले बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
कम्पनीको साधारण शेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ नेपालले ‘केयरएनपी बीं (आइएस)’ प्रदान गरेको छ ।
ग्रीनफाइफ हाइड्रोपावर २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन २०६३ र विद्युत् ऐन २०४९ अन्तर्गत काम/कारोबार गर्दै आइरहेको छ । पब्लीक लिमिटेड कम्पनीमा परिणत भएपश्चात कम्पनीको नाम परिवर्तन भई ‘ग्रीनलाइफ हाईड्रोपावर लिमिटेड’ रहन गएको हो ।
कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति मिति २०६८ बैशाख २८ गते प्राप्त गरेको र सो अनुमतिपत्रको बाहाल अवधि २०६८ बैशाख २८ गते देखि २१०३ बैशाख २७ गते सम्म रहेकोले २६ वर्ष बाँकी रहेको छ ।
यस कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको खानीखोला १ जलविद्युत आयोजनाको लागत प्रतिमेगावाट करिब १९ करोड १३ लाख ४७ हजार २७० रुपैयाँ छ । आयोजनाको कुल लागत ७ अर्ब ६५ करोड ३८ लाख ९० हजार ७८४ रुपैयाँ अनुमान गरिएको छ ।