२४ जेठ २०८३, आइतबार

आज नारायणहिटी अगाडि ओली पक्षको जनसभा हुँदै

आज नारायणहिटी अगाडि ओली पक्षको जनसभा हुँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा जनसभा गर्दैछ ।
सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले जनाएको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर यो स्थान छानिएको बताइएको छ ।

सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको भनाइ छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको  बताए  ।
यसैबीच प्रचण्ड–नेपाल समूहले भने ओलीले हिन्दुराष्ट्र फर्काउन खोजेको आरोप लगाएको छ । तर ओली समूहले यसबारे केही बोलेको छैन ।
प्रधनमन्त्री ओलीले शुक्रबार किसान संघको कार्यक्रममा आफूले आजको जनसभामा केही नयाँ कुरा राख्ने बताएका थिए । आजको सभामा ओलीले के बोल्नेछन् भन्ने चासोको विषय बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्